Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ

loading views..
Nepal Telcome

काठमाडौं,१६असार। बचतकर्ताको रकम अपचलनको आरोपमा शनिबार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संथापक अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन्। गोरखाबाट काठमाडौं आएर सहकारी संचालन गरेका भण्डारीले आर्थिक अपराधको ढाकछोप गर्नको लागि शुरुमा माओबादी पार्टीको नाममा सर्बसाधरण ऋणीहरुलाई धम्क्याएर,थर्काएर,जबरजस्ती गरेर सम्पत्ति हत्याएको आरोप समेत लाग्ने गरेको थियो।उनीविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले भण्डारीलाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए।

उनले बचतकर्ताको ७ अर्ब १७ करोड २ लाख ७५ हजार रुपैयाँ बचत अपचलन गरेको बुझिएको छ ।

पक्राउपछि अपराध अनुसन्धानको टोलीले भण्डारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको थियो।

आफ्ना अपराधका शृखलाबाट बच्न काग्रेश पार्टीका नेताहरुसँग नजिकिएका उनी पछि कांग्रेश पार्टीमा नै प्रबेश  गरेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link