Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

आज एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ ।

बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्ताबेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने भएको हो । ती दस्ताबेजबारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको थियो ।सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्ताबेज परिमार्जनसहित पारित गरिनेछ । त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ । विद्युतीय मेसिनमार्फत मतदान हुनेछ । महाधिवेशनले अध्यक्षसहित २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । आइतबारदेखि सुरु भएको महाधिवेशन बिहीबार समापन हुनेछ ।

arrow प्रतिक्रिया दिनुहोस्