Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना कामदार पुरिए

loading views..
Nepal Telcome

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई जना कामदार पुरिएका हुन् ।आयाेजनाकाे बाँधतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा बर्दियाका रामदिन थारू र सुमन थारू पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले जानकारी दिए। उनीहरूको खोजी कार्य भइरहेको छ ।

उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन्। नीजहरुलाई प्राथमिक उपचारपछि बाह्रबीसे अस्पताल पठाइएको छ ।भोटेकोशी क्षेत्रमा अहिले ठूलो पानी परिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link