गाेरखा । नार्सल भञ्जयाङकाे नामबाट चिनिने नारेश्वरमा ५० वटा नार्सलका विरुवा राेपिएकाे छ । साउने सक्रान्तिकाे अवसर पारेर विन्दवासिनि क्षेत्रमा नार्सलकाे विरुवा राेपिएकाे गाेरखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चुल बहादुर कुँवरले बताए ।
नारेश्वर सेवा समाज काठमाडौंको पहलमा विरुवा राेपिएकाे हाे । यी बरुवाहरुको संरक्षणमा स्थानीयवासी र सबैको योगदान गर्न सबैमा आग्रह गरिएकाे छ । साविक नारेश्वर गाविस रहेकाे यस स्थानकाे चिनारी नार्सलकाे रुखले गराएकाे भनाइ रहँदै आएकाे छ ।
