काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गुटले प्रदेश सरकार गठनको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कडा आपत्ति जनाएको छ ।कांग्रेस भित्र यो बिबाद भुसको आगो झैं फैलने पक्का छ।
प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा आफु पक्षलाई पेलेको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो ।
प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीताबारे मंगलबार दिउँसो कोइराला गुटको बिशालनगरस्थित उनीहरुको सम्पर्क कार्यलयमा शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।
छलफलमा कोशीमा– २ वाग्मतीमा–३, गण्डकीमा–२, लुम्बिनीमा– २, कर्णालीमा–१ र सुदुरपश्चिममा–१ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष गुटफे निकालेको थियो।
बैठक सकिए लगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समुहको धारणा सुनाएका थिए । तर अहिले सम्म पार्टी सभापतिबाट कुनै जवाफ नआएको कोइरालाको सचिवालयले जनाएको छ । विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचार बाहेक कोइराला गुट पूर्णरुपमा बेखबर भएको बताइएको छ ।