Skip to content
Pokharapress Logo
२३ फाल्गुन २०८२, शनिबार

कांग्रेस भित्र कोइराला गुट शेरबहादुरका बिरुद्ध शशक्त हुँदै

loading views..

काठमाडौं नेपाली कांग्रेसको शेखर कोइराला गुटले प्रदेश सरकार गठनको विषयमा पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कडा आपत्ति जनाएको छ ।कांग्रेस भित्र यो बिबाद भुसको आगो झैं फैलने पक्का छ।
प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा आफु पक्षलाई पेलेको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीताबारे मंगलबार दिउँसो कोइराला गुटको बिशालनगरस्थित उनीहरुको सम्पर्क कार्यलयमा शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।

छलफलमा कोशीमा– २ वाग्मतीमा–३, गण्डकीमा–२, लुम्बिनीमा– २, कर्णालीमा–१ र सुदुरपश्चिममा–१ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष गुटफे निकालेको थियो।

बैठक सकिए लगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समुहको धारणा सुनाएका थिए । तर अहिले सम्म पार्टी सभापतिबाट कुनै जवाफ नआएको कोइरालाको सचिवालयले जनाएको छ । विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचार बाहेक कोइराला गुट पूर्णरुपमा बेखबर भएको बताइएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्