Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक मृत्यु एकको अबस्था चिन्ताजनक

loading views..
Nepal Telcome

पोखरा। तराई/मधेश फास्ट ट्र्याक (द्रुतमार्ग) सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसे डाँडास्थित सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर एक मजदुरको मृत्यु भएको छ।

घटनामा परी अर्का एक मजदुर गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ। प्रहरी कार्यालय मकवानपुरका अनुसार बाराको निजगढ नगरपालिका घर भई हाल सुरुङ मार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षका बिमल थिङको घटनास्थलमै मृत्यु भएको हो।यस्तै, तनहुँ जिल्ला घर भई सुरुङमार्गमा काम गर्ने अन्दाजी २७/२८ वर्षकै राजु विक गम्भीर घाइते भएका छन्। उनको हेटौँडा–११ स्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

बुधबार दिउँसो साढे ३ बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले उनीहरूलाई लागेको बताइएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link