Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

‘बाबुराम : अ भिजनरी रिबेल’ सार्वजनिक

loading views..
Nepal Telcome

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक भएको छ । डा. मुक्ति रिजालले लेखेको पुस्तकको शनिबार पूर्वप्रधानमन्त्री भट्टराई, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री सुमना श्रेष्ठले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

पुस्तकमा माओवादी आन्दोलनमा भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन् । भट्टराईले आफू फरक पृष्ठभूमिबाट आए पनि सोच, विचार र शैलीले नयाँ रहेकाले पुरानाको कार्यशैलीको सम्मान गर्दै नयाँमा टेकेर राजनीतिक दल अगाडि बढ्नुपर्ने बताए । ‘म माओवादीबाट एक्लै निस्किएको हो । वैकल्पिक शक्ति निर्माण गर्ने सकारात्मक सोचका साथ अघि बढेको हो,’ उनले भने, ‘मैले कसैलाई छाडेको पनि होइन, गाली गरेको पनि होइन ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गरे । एकीकृत समाजवादीका महासचिव भुसालले तत्कालीन माओवादी जनयुद्धको परिकल्पनाकारका रूपमा रहेको बताउँदै उनले उठाएका मुद्दालाई सिद्धान्तको उचाइबाट हेर्न र विश्लेषण गर्न सक्ने क्षमता नेता भट्टराईसँग भएको बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link