Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

एमालेले योगेश र गोकर्णलाई प्रदेश इन्चार्जबाट हटाय‍ो

पद्मा र लेखराज दोहोरिए

loading views..

पोखरा। सत्तारुढ दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज फेरबदल गरेको छ।काठमाडौंको हनुमानथानस्थित होटल बसेरमा बिहीबार दिउँसो बसेको सचिवालय बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

जसअनुसार एमालेले कोशी प्रदेशमा स्थायी कमिटी सदस्य शेरधन राईलाई नयाँ इन्चार्ज बनाएको छ । उनी पूर्वराष्ट्रपति विद्या भण्डारी र अध्यक्ष केपी शर्मा ओली दुवैका निकट मानिन्छन् ।एमालेले मधेशमा बिहीबार मात्रै स्थायी कमिटी सदस्यमा बढुवा भएका लीलानाथ श्रेष्ठलाई इन्चार्ज बनाएको छ । यसअघि यहाँ एमाले सचिव योगेश भट्टराई इन्चार्जका रुपमा थिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्