Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

रोल्पामा पहिरोले घर पुँरिदा नातिनी र हजुरआमाको मृत्यु

loading views..
Nepal Telcome
नदीपुर दुध

रोल्पा। पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिकाको सिउरी गाउँमा गएको पहिरोमा पुरिएर एकै घरका हजुरआमा र नातिनीको जनाको ज्यान गएको छ। प्रहरीले बताए अनुसार शुक्रबार सुनछहरी-४ कामीडाँडास्थित सिउरीकी करिब ७० वर्षीया बसुना सुनार र उनकी ४ वर्षकी नातिनी माया सुनारको पुरिएर मृत्यु भएको हो। अविरल वर्षाले शुक्रबार दिउँसोको घटनाबारेमा प्रहरीले राति ९ बजेतिर मात्रै जानकारी पाएको थियो। देउसिं सुनारको घर पहिरोमा परेर पुरिएको र घटनास्थलमा पुगेर उद्धार गरेका सुलीचौर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी निकै लामो समयसम्म गर्नुपरेको थियो। देउसिंको ढुंगा र माटोबाट बनेको २ कोठे घर माथि बाट आएको पहिरोले पुरिएको थियो। देउसिं भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनापछि छिमेकीलाई सुरक्षित स्थानमा सारिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link