Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

निर्वाचन आयोगमा सेटिंगको संकेत! नेकपाको आधिकारिकता टुंग्याउने जिम्मा बिबादित नबनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं । निर्वाचन आयोगले आईतबार एउटा अचम्मको निर्णय गर्‍यो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधिन छ । यो विवादकै बीच सरकारले अध्यादेश मार्फत संसदीय सुनुवाई पनि नगरिकन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतमा ३८ जनालाई नियुक्त गरेको थियो । त्यसै मध्येका एक हुन् रामेछाप घर भएका बरिष्ठ अधिवक्ता तथा नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई ।

सामान्य ढंगले हेर्दा पनि जसको नियुक्ति विरुद्ध नेकपाको प्रचण्ड नेपाल पक्ष आन्दोलनमा छ उसैलाई सो पार्टी सम्वन्धी विषयको निरुपण गर्ने जिम्मा लगाउदा कस्तो परिणाम आउला ?

आयुक्त भण्डारीले नेकपाको विवादलाई कसरी अध्ययन गर्नेछन् र के सुझाव दिनेछन् भन्ने विषय भविष्यको गर्भमा छ । तर कन्फ्लिक्ट अफ ईन्ट्रेष्टको सामान्य सिद्धान्त अनुसार पनि निर्वाचन आयोगको आजको निर्णय अचम्म लाग्ने खालको छ ।

नेकपाका कतिपय नेताहरुले भने आयोगको यो निर्णयलाई सेटिङको असरको संज्ञा दिएका छन् । भण्डारीले माघ २१ गते पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । त्यसपछि आज बसेको आयोगको बैठकले भण्डारीलाई नै नेकपा विवाद हेर्ने जिम्मा दिएको हो ।

कुनैबेला राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवराको नजिक रहेका भण्डारी अहिले अर्थमन्त्री विष्णु पौडेलको फेरो समाएर आयोगमा नियुक्ति खान पुगेका हुन् ।समाचार दैनिकबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link