Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सहिद लखनको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा विकास हुँदै

बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजनहरु बाक्य माग्न नै आउने गर्दछन्,

loading views..
Nepal Telcome

गोरखा। गोरखाको सहिद लखन गाउँपालिका–२, मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पुजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो ।

‘‘वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्दछन्, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछाने ९क्षेत्री० ले भन्नुभयो, ‘‘यहाँ ल्याएर दर्शन एवं पुजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेको छ, यहाँको मुख्य धार्मिक विश्वास पनि यही नै हो ।’’बोल्न नसक्ने बालबालिकाको बोली फुट्ने धार्मिक विश्वासका कारण बक्रेश्वर मन्दिरमा भारतबाट समेत भक्तजनहरु आउने गरेको उहाँको भनाई छ । बक्रेश्वरीस्थित घना जंगलको बीचमा रहेको उक्त मन्दिरको दर्शन गराएपछि २५ बर्षको उमेरसम्म बोली नफुटेको पाइएको पुजारी लामिछानेले बताउनुभयो ।

बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर नजिकै पर्दछ । त्यसवाहेक पढाइमा कमजोर भएका, सन्तान नभएकाहरु पनि बक्रेश्वरी मन्दिरको भाकल गरेर पुजा गर्न पुग्ने गर्दछन् ।

‘‘बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजनहरु बाक्य माग्न नै आउने गर्दछन्, उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म बोली नफुटेर यहाँ आएर बक्रेश्वर देवताको पुजाअर्चना गरेपछि नबोल्ने बच्चाहरु समेत बोल्ने गरेका छन् ।’’बक्रेश्वर मन्दिरमा भाकल गरेकाले आफ्नो भाकल पुरा गर्न बक्रेश्वर महादेवलाई वेलपत्र, गाईको दुध, जनै, सुपारी, पहेलो कपडा, शंख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिर पन्चवली समेत चढ्ने पुजारी लामिछानेको भनाई छ ।

‘‘यो मन्दिरमा हाँस, कुुखुरा, भेडा, राँगो, बोकाको वली लाग्छ, उहाँले भन्नुभयो, ‘‘मन्दिरमा हरेक दिन विहान नित्य पुजा हुन्छ भने बेलुकी धुपबत्ती गर्ने प्रचलन रहदै आएको छ ।’’ मन्दिरमा शिवरात्री र तीज पर्वका दिन भने विशेष मेला लाग्ने गर्दछ भने साउनको सोमबार पनि बिशेष पुजा लाग्ने गर्दछ । स्वस्थानी ब्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरिर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जंगलमा सतिदेवीको जिव्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको उल्लेख गरिएको पाइन्छ ।

मनकामना क्षेत्र विकास समितिले बक्रेश्वरी मन्दिर संरचना निर्माणका सहयोग गरेपनि स्थानीय सरकारले ध्यान नदिएको मन्दिरका पुजारी लामिछानेको भनाई छ । मन्दिरसम्म पुग्नका लागि सडकबाटोको स्तरोन्नती तथा गोरेटो बाटो निर्माणका लागि स्थानीय सरकारले ध्यानदिनुपर्नेमा स्थानीयबासीहरुले जोड दिएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link