Skip to content
Pokharapress Logo
२६ श्रावण २०८२, सोमबार

गोविन्दराज जोशीको कार्बाही फिर्ता !

काठमाडौ । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले नेता गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन सिफारिस गरेको छ। बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने गत साउनको निर्णय सच्याउन केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरेको हो।

तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपानले निर्णयबारे जानकारी दिँदै भने, ‘उहाँको कारबाही फुकुवा गर्न वडा तहदेखि नै हामीलाई अनुरोध आएको हुँदा त्यसमा आवश्यक निर्णय लिनका लागि केन्द्रमा सिफारिस गरेका हौँ।’२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।विकासटाइम्सबाट

जोशीले चुनावका बेला उनीविरुद्ध अभियान नै चलाएर पराजित गराएको आरोपमा अनुशासन समितिले गत साउन १० गते उनलाई पाँच वर्षका लागि कांग्रेसको साधरण सदस्यसमेत नरहेन गरी कारबाही गरेको थियो।स्रोतका अनुसार पौडेल र जोशीबीच विभिन्न चरणमा भएको छलफलपछि कारबाही फिर्ता लिइ मिलेर जाने समझदारी भएको छ। त्यही समझदारीअनुसार जोशीविरुद्ध गरिएको कारबाहीको सिफारिस फिर्ता लिन जिल्लाबाट प्रक्रिया सुरु गरिएको हो।

तर यसबारे जोशीसँग सोध्दा उनले पार्टीको माथिल्लोदेखि तल्लो पंक्तिसम्मले आफूसँग कुनै परामर्श नगरेको बताए।नेता भीष्मराज आङ्दम्बे नेतृत्वको पाँच सदस्यीय अनुशासन समितिले जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पनि पार्टीबाट निष्कासित गरेको थियो।जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ। तर विष्ट र ओझामाथि गरिएको कारबाही फुकुवाका लागि ठोस प्रयास नभएको बुझिएको छ।

arrow प्रतिक्रिया दिनुहोस्