सन्दिप सुनार/टोकियो ,१ असोज। नेकपा (माओवादी केन्द्र) पार्टीका उपाध्यक्ष पम्फा भुसालले माओवादीले राम्रो काम गर्दा गर्दै शीर उच्च पार्दै जनताका हाई हाईका साथ बिजयी सेना जसरी सरकारबाट बाहिरिएको बताउनु भएको छ। आईतवार नेपाली जनप्रगतिशिल मञ्च जापानले आयोजना गरेको एक कार्यक्रमका बिच बोल्दै भष्टाचारी तस्करी र दलाल नोकरशाही पुजीपतिको विरूद्वमा कारवाही गर्दैगर्दा आफुहरूको पार्टी सरकारबाट बाहिरिएको उपाध्यक्ष भुसालले बताउनु भयो।
त्यस्तै माओवादीको नेतृत्वमा १८ महिना सरकार सञ्चालन गर्दै गर्दा पार्टीको घोषित उदेश्यमा मुख्य गरी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिमा केन्द्रित भई राम्रा कामहरू गरिएको उहाँले बताउनु भयो। मिटरब्याजी पिडितहरूका लागि ऐन नै निर्माण गरेर कार्यनयनको संरचना बनाएर गरेका कामले पिडितलाई न्याय, जनता र राष्ट्रका पक्षमा हित हुने गरि काम गरेको “उहाँले भन्नुभयो”। भुटानी शरणार्थी, ललिता निवास, सुन काण्ड बाँसबारी जग्गा फिर्ता लगायतको कामहरूलाई अगाडि बढाउँदै जाँदा बुढानिलकण्ठ र बालकोट जोडिने स्थिति बनेपछि रातारात सरकार परिवर्तन भएको उहाँले दावी गर्नु भयो।
दलाल तथा नोकरशाही पुजीपति वर्ग र वैदेशिक मालिकहरूको साँठगाठमा बनेको सरकारले भ्रष्टचनरीहरु जोगाउन लागि परेको उहाँको भनाई थियो। अहिलेको सरकारले असंवैधानिक तरिकाले संविधाननै संसोधन गर्ने र दुई दलिय पार्टी प्रणाली बनाई समानुपातिक र समावेशी हटाएर कुनै पार्टीले पनि थ्रेसहोल्ड बनाएर सरकारमा जान नसक्ने र संविधानमा गणतन्त्र वाहेक अरू चिज हटाउदै २०४७ सालकै स्थितिमा पुर्याउने उद्देश्यका साथ यो सरकार प्रतिगामी ढंगले अघि बढेको उपाध्यक्ष भुसालले “भन्नुभयो”।
फरक प्रसङ्गमा उहाँले सरकारमा रहदा गरेका राम्रो कामका कारण जनतामा पार्टी प्रति सकारात्मक आशा जागेको समेत उहाँले बताउनुभयो।
त्यस्तै (माओवादी केन्द्र) पार्टीका केन्द्रिय सदस्य तथा एसिया प्रदेश संगठनका सह-ईन्चार्ज ओम शर्माले पार्टी सरकार बाहिर आएर जनताको हरेक सुखदुख र समस्यामा काम गरीरहेको बताउनु भयो। अहिले पार्टीले सदन र सडक दुवै पक्षबाट जनताका मुद्वामा आवाज उठाइरहेको बताउनु भयो। प्रवासमा पनि नेपालीहरूमा आईपर्ने जुनसुकै समस्यामा पनि संगठनले निश्वार्थ भावले अग्रसर भएर समाधानमा लाग्नु पर्ने नेता शर्माले बताउनु भयो। प्रवासमा रहेका संगठनहरूले गरेका सृजनात्मक काम कार्वाहीलाई हेरेर नेपालमा सिको भईरहेको बताउदै प्रवासी संगठनको निकै महत्वपुर्ण कार्यभार रहेको पनि नेता शर्माको भनाई थियो।
माओवादी केन्द्र पार्टीले केही समय अगाडि मात्र उपाध्यक्ष पम्फा भुसाललाई एसिया प्रदेश संगठन समिति ईन्चार्ज र केन्द्रिय सदस्य ओम शर्मालाई सह-ईन्चार्जको जिम्मेवारी दिएको थियो । ईन्चार्ज र सह-ईन्चार्जलाई बधाई तथा प्रवासमा रहेका संगठनका नेताहरू बिचको परिचयात्मक कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य डि वि क्षेत्रि, एसिया प्रदेश संगठन समिति संयोजक शनी कुमार ओलि, सह संयोजकहरू डा.भुपालमान श्रेष्ठ र हरि नेपाली, एसिया प्रदेश संगठन समिति सचिव भवानी पन्त, एसिया प्रदेश सचिवालय सदस्य हवल चन्द्र लामा, एसिया प्रदेश संगठन समिति सदस्य तथा नेपाली जनप्रगतिशिल मञ्च जापानका ईन्चार्ज शालिकराम भण्डारी लगायत प्रवासमा सक्रिय कार्यकर्ताहरूको सहभागिता रहेको नेपाली जनप्रगतिशिल मञ्च जापानका महासचिव बताउनु भयो। महासचिवले सहजिरण गर्नु भएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि पार्टी उपाध्यक्ष, विशेष अतिथि पार्टी केन्द्रिय सदस्य, प्रवास संगठनका सबै भर्चुअलमा सहभागी नेता कार्यकर्तालाई नेपाली जनप्रगतिशिल मञ्च जापानका राष्ट्रिय कमिटी अध्यक्ष मोहन पौडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो।