Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको प्रथम सम्मेलन

पोखरा,१ असोज।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको असोज ३ गते, बिहीबार पोखरामा प्रथम सम्मेलन हुँदैछ।माओवादी (केन्द्र) निकट महिला संगठनले संविधान दिवस अवसर पारेर प्रदेशस्तरिय सम्मेलन गर्न लागेको हो।

प्रदेशको ११ जिल्लाभरका ८५ पालिकाबाट प्रतिनिधित्व हुनेगरी करिब चार सय महिला प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहने आयोजकले जानकारी दियो। सम्मेलनले पदाधिकारी र सदस्यसहितको नयाँ कार्यसमिति गठन गर्नेछ।

‘अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र सामाजिक न्यासहितको महिला मुक्ति आन्दोलनको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा संगठनलाई अझ व्यापक र व्यवस्थित बनाउन चाहन्छ।’सबै देशभक्त प्रगतिशील, वामपन्थी, जनवादी नेपाली महिलाहरुको साझा र स्वतन्त्र संगठन निर्माणका लागि सम्मेलन गर्न लागिएको आयोजकले बतायो

‘स्वतन्त्रता, समानता र न्याय प्राप्तिका लागि भएका संपूर्ण लोकतान्त्रिक तथा सामाजिक आन्दोलनहरुमा क्रान्तिकारी महिलाहरु अग्रमोर्चाहरुमा छन्’, शाहीले थपिन्, ‘संगठनको स्थापनाकालदेखि नै राष्ट्रियता जनतन्त्र, जनजिविकालगायत सबै जाति, पेशा एवं समुदायको न्यायप्रेमी जनताको अन्दोलनमा एक्यबद्धता जनाउँदै क्रान्तिकारी महिलाहरुले पितृसत्तात्मक उत्पीडन, सामन्तवाद, साम्राज्यवाद नवउदारवादका विरोधमा, वैज्ञानिक समाजवादका पक्षमा नेपाली महिलाहरुलाई आन्दोलित र संगठित गर्दै आगामी दिनहरुमा अघि बढ्ने संगठनले लक्ष लिएको छ।’‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, समानुपातिक समावेशी सहभागितामूलक समाजवाद उन्मुख संविधान जारी भइसकेको अवस्थामा संगठनको ढाँचा, नीति कार्यक्रम पनि सोहीअनुरुप निर्माण गर्नुपर्ने भएकाले महिला मुक्ति आन्दोलनलाई थप प्रभावकारी बनाउन र त्यही किसिमको संगठन निर्माणका लागि सम्मेलन हुनेछ।’

‘महिला मुक्ति र आमूल परिवर्तनको निम्ति क्रान्तिकारी महिला आन्दोलन, समाजवाद प्राप्तिका लागि गण्डकी प्रदेशको प्रथम सम्मेलन’ संगठनले सम्मेलनका लागि मूल नारा तय गरेको छ।

नेकपा माओवादी (केन्द्र) की उपाध्यक्ष नेतृ पम्फा भुषालले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन सत्रमा नेतृ भुषाललगायत अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापामगर, पार्टीकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ ‘कुशुम’ पार्टीका गण्डकी प्रदेश इञ्चार्ज दीननाथ शर्मा, सह–इञ्चार्ज हरिराज अधिकारी ‘कुमार’ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

पोखराको सिर्जनाचोक स्थित ह्वाइट हाउस पार्टी प्यालेसमा ११ बजेबाट सम्मेलन सुरु हुने जनाइएको छ।

arrow प्रतिक्रिया दिनुहोस्