Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

loading views..

पोखरा, ११ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

श्रेष्ठमाथि प्रतिबन्धित लागु औषधिको कारोबार गरेको आरोप लागेको थियो, जसको आधारमा उनी भदौ २७ गते पक्राउ परेका थिए। जिल्ला अदालत कास्कीले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। श्रेष्ठले हिज‍ो धरौटी बुझाएर रिहा भएका हुन्।

श्रेष्ठलाई पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा पक्राउ गरिएको थियो। थापा प्रतिबन्धित ९७ चक्की लागुऔषधसहित पक्राउ परेका थिए। सोधपुछको क्रममा उनले उक्त औषधि श्रेष्ठको पोखराक‍ पृथ्वीचोक स्थित दिया फार्मेसीबाट किनेको बताएका थिए। यही बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्