Skip to content
Pokharapress Logo
१२ असार २०८३, शुक्रबार

अविरल वर्षाका कारण देशभर बाढीपहिरोमा, सयौँको मृत्यु

loading views..
Nepal Telcome

काठमाडौं,१५ असोज। केही दिनअघिको अविरल वर्षाका कारण देशभर आएको बाढीपहिरो र डुबानमा परी हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। यस विपद्मा परी १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि सुरक्षा निकायहरूलाई परिचालन गरिएको छ। प्रभावित परिवारलाई खाद्यान्न, औषधि र अन्य आवश्यक सामग्रीहरू वितरण गरिएको छ भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ।
सरकारले बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यातायात अवरुद्ध भएका क्षेत्रहरूमा सडक सञ्जाल पुनःस्थापना गर्नका लागि पनि सरकारले पहल गरिरहेको छ।
प्रभावित क्षेत्रमा के भइरहेको छ?

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link