Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

सत्यको मुख बन्द गर्न खोज्दै छ यो सरकार:गगन थापा

loading views..
Nepal Telcome

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार नेकपाका नेता रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा प्रहरीले पक्राउ गरेको छ।

झाँक्रीको पक्राउ परे लगत्तै नेता थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौति दिए। उनले सामाजिक सञ्जालमार्फत कर्तव्य निर्वाह गर्न छोडेर, संवैधानिक र अलोतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजिएको आरोप लगाए।

सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने थापाको भनाइ छ। उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै उनले आक्रोश व्यक्त गरे। ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति,’ उनले लेखेका छन्।

त्यस्तै सरकारलाई झ्यालखानाको संख्या पनि थप्न भनेका छन्। ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’लोकपाटीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link