Skip to content
Pokharapress Logo
१२ असार २०८३, शुक्रबार

दसैँमा यातायात भाडा अस्वभाविक वृद्धि, अखिल (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण

loading views..
Nepal Telcome

काठमाडौं, १७ असोज।  दसैँको मुखैमा काठमाडौंबाट बाहिरिने यातायातको भाडा अस्वभाविक रूपमा बढेको भन्दै अखिल (क्रान्तिकारी)ले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
अखिल (क्रान्तिकारी)का प्रतिनिधिहरूले दिएको जानकारीअनुसार काठमाडौंबाट विभिन्न जिल्ला जाने यातायातका साधनहरूले भाडा दोब्बर र तेब्बरसम्म असुल्ने गरेका छन्। यसले गर्दा दसैँमा घर फर्कन चाहने आम नागरिक र अखिलका कार्यकर्ताहरू मारमा परेका छन्।
अखिल (क्रान्तिकारी)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “चाडपर्वको बेलामा यातायात व्यवसायीहरूले मनपरी रूपमा भाडा बढाउने प्रवृत्तिले यात्रुहरूलाई ठूलो समस्या पारेको छ। सरकारले यस विषयमा तत्काल कदम चाल्नुपर्छ।”
विज्ञप्तिमा अखिल (क्रान्तिकारी)ले यातायात व्यवसायीहरूलाई भाडा घटाउन र सरकारलाई भाडा दरको नियमित अनुगमन गरी यात्रु ठग्नेलाई कारबाही गर्न आग्रह गरेको छ। साथै, अखिल (क्रान्तिकारी)ले आफ्ना सम्पूर्ण तहका कमरेडहरूलाई यस विषयमा अनुगमन र खबरदारी गर्न पनि अपील गरेको छ।
अखिल (क्रान्तिकारी)ले सरकारलाई यात्रुको सुरक्षा र सहज यात्राका लागि आवश्यक सबै प्रबन्ध मिलाउन पनि आग्रह गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link