Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

काठमाडौंमा बाढी पीडितलाई राहत वितरण, माओवादी निकट अखिल (क्रान्तिकारी)को सक्रियता

loading views..
Nepal Telcome

सन्दिप सुनवार/काठमाण्डौ १९, असोज। लगातारको वर्षाका कारण उत्पन्न बाढीले प्रभावित पारेका नागरिकहरूलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको छ। नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल (क्रान्तिकारी)का निवर्तमान केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटाको नेतृत्वमा शुक्रबार हजारौँ थान लत्ताकपडा बाढी पीडितहरूलाई वितरण गरिएको हो।
बाढी प्रभावितहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको नेता सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार, अखिल क्रान्तिकारीका उपमहा सचिव बाबुराम नेपाली, अखिल क्रान्तिकारीकै नेता सौरव दवाडी प्रभु, सुनिल बगाले, कृतन अधिकारी, रोशन कालिकोटे लगायतको सहभागितामा काठमाण्डौको बम्सिघाटमा कपडा वितरण गरिएको थियो।
विपद्को बेला एकजुट हुने प्रयास
यस किसिमको राहत वितरणले विपद्को बेलामा एकजुट भएर काम गर्न सकिने सन्देश दिएको छ। माओवादी केन्द्र निकट यो युवा संगठनले विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेलेको यस घटनाले देखाएको छ।
पीडितहरूमा आशाको किरण
बाढीले घरबार गुमाएका र आर्थिक रूपमा पीडित भएकाहरूका लागि यो राहत सामग्रीले नयाँ आशाको किरण बनेको छ। यस प्रकारको सहयोगले पीडितहरूलाई पुन:स्थापित हुन मद्दत पुग्ने विश्वास गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link