Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

शहिदलखन गाउँपालिकाका जनप्रतिनिधिहरुबाट बाढी पीडितका लागि सहयोगको घोषणा

loading views..
Nepal Telcome

गोरखा, २२ असोज। हालै परेको अविरल वर्षाका कारण देशभर भएका क्षति र विस्थापनका घटनाहरुबाट प्रभावित भएकाहरुको सहयोगका लागि शहिदलखन गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो मासिक भत्ताबाट केही रकम छुट्याउने निर्णय गरेका छन्।
गाउँपालिकाको हिजो बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। बैठकको निर्णय अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नो मासिक भत्ताबाट पाँच दिनको, वडाध्यक्ष र सदस्यहरुले दुई दिनको र अन्य सदस्यहरुले एक दिनको भत्ता प्रधानमन्त्री राष्ट्रिय विपद् उद्धार कोषमा जम्मा गर्ने भएका छन्।
यसैगरी, गाउँपालिकाले पनि आफ्नो तर्फबाट एक लाख रुपैयाँ उद्धार कोषमा पठाउने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष रमेश थापाका अनुसार यो निर्णय गाउँपालिकाका जनप्रतिनिधिहरुको स्वेच्छाले गरिएको हो र यसले विपदमा परेकाहरुलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link