Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

तनहुँमा भाइरल ज्वरो र डेंगुको प्रकोप

अस्पतालको स्तरोन्नति नहुँदा यस्तो समस्या

loading views..
Nepal Telcome

तनहुँ,२७ असोज। तनहुँको व्यास नगरपालिकामा भाइरल ज्वरो र डेंगुका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। यसले गर्दा जिल्ला अस्पतालमा शैयाको चर्को अभाव भएको छ। अस्पतालमा दैनिक सयौं बिरामी आउने गरेका छन्।
शैया अभावका कारण बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ। यसले बिरामीको उपचारमा कठिनाई भएको छ। विशेष गरी डेंगुका बिरामीको संख्या अत्यधिक बढेको छ।
अस्पतालको स्तरोन्नति नहुँदा यस्तो समस्या आएको स्थानीय प्रशासनले जनाएको छ। जग्गा अभावका कारण अस्पताल विस्तार गर्न सकिएको छैन।
बिरामीको चाप धेरै भएका कारण डायलासिस सेवा अस्थायी रूपमा अन्यत्र सार्ने तयारी भइरहेको छ।
यस वर्ष साउनदेखि असोजसम्म ६ सय २१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।
तनहुँका साथै छिमेकी जिल्लाका बिरामीहरू पनि उपचारका लागि यही अस्पताल आउने गरेका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link