Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

कुलमान हटाउन केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

loading views..
Nepal Telcome

काठमाडौं,१३ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। यो बैठकमा चीन भ्रमणसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा पनि छलफल हुने बताइएको छ।
ऊर्जा मन्त्री दीपक खड्का घिसिङलाई हटाउन चाहन्छन्। उनले प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूको लाइन काटेपछि यस्तो निर्णय लिन खोजेका हुन्। प्रधानमन्त्री ओलीले पनि पहिलेदेखि नै घिसिङलाई हटाउन चाहन्थे तर त्यतिबेला सफल हुन सकेका थिएनन्।
प्राधिकरणले बक्यौता नतिर्ने ४४ वटा उद्योगको लाइन काटेको थियो। यी उद्योगीहरूले करोडौं रुपैयाँ बक्यौता तिर्न बाँकी छ। तर, केही प्रभावशाली व्यापारीहरूको दबाबमा ऊर्जा मन्त्री खड्का घिसिङलाई हटाएर उनीहरूको बक्यौता मिनाहा गर्न चाहन्छन् भन्ने आरोप लागेको छ।
मन्त्री खड्काका निकटस्थहरूले प्राधिकरणको नेतृत्व आफ्नो हातमा लिएर यी उद्योगीहरूलाई फाइदा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाइएको छ। उनीहरूले प्राधिकरणको पूर्व कार्यकारी निर्देशक मुकेशकुमार काफ्लेलाई फेरि यो पदमा ल्याउन चाहन्छन्। काफ्लेले पहिले नै प्राधिकरणमा रहँदा केही विवादास्पद निर्णय लिएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link