Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी गाउँपालिकाले सुत्केरी महिलालाई मासिक ४ हजार अनुदान दिने, पोषण सुधारमा जोड

loading views..
Nepal Telcome

गोरखा,माघ २ गते। गण्डकी गाउँपालिकाले सुत्केरी महिलालाई पोषण सुधारका लागि मासिक ४ हजार रुपैयाँ अनुदान दिने भएको छ। गाउँपालिकाको १७ औँ गाउँसभाबाट यस सम्बन्धी निर्णय भएको हो।
गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल रेग्मीका अनुसार, गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउने सुत्केरी महिलालाई यो रकम उपलब्ध गराइनेछ। यसबाट सुत्केरी आमाहरूले पोषिलो खानपान गर्न सक्ने र नवजात शिशुको स्वास्थ्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले गाउँपालिकामा बालबालिकामा कुपोषणको समस्या देखिएकाले यो योजना ल्याइएको बताए। उनले यसका लागि चालु आर्थिक वर्षमा २२ लाख रुपैयाँ विनियोजन गरिएको र आवश्यकताअनुसार थप बजेट विनियोजन गरिने बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link