Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मध्यरातको आतंक: अनेरास्ववियूका नेताहरूको प्रहरीमाथि निर्घात आक्रमण!

loading views..
Nepal Telcome

काठमाडौं, माघ २५ गते । राजधानीको मध्यरात शान्त हुँदाहुँदै अनेरास्ववियूका विद्यार्थी नेताहरूको समूहले ड्युटीमा रहेका प्रहरीमाथि निर्घात आक्रमण गरेका छन्। अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी र स्ववियु उपाध्यक्ष दिनेश सिग्देल नेतृत्वको समूहले गएराति १२ बजेतिर दरबारमार्ग क्षेत्रको केशरमहल बिटमा खटिएका प्रहरीमाथि आक्रमण गरेको हो।

प्रहरी वृत्त, दरबारमार्गका अनुसार प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टलाई ती नेताहरूको समूहले अन्धाधुन्ध कुटपिट गरेका थिए। मध्यरातमा होहल्ला गर्दै हिँडिरहेका उनीहरूलाई शान्त गराउन खोज्दा उनीहरू आक्रामक बनेको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनापछि घाइते भएका हवल्दार घर्तीलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ भने जवान विष्टको आँखामा पनि चोट लागेको छ। आक्रमणपछि जोशी र सिग्देलसहितका विद्यार्थी नेता फरार भएका छन्, र प्रहरीले उनीहरूको खोजीकार्यलाई तीव्र बनाएको छ।

यस घटनाले एमाले विद्यार्थी राजनीतिमा बढ्दै गएको हिंसात्मक प्रवृत्तिप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीमाथि आक्रमणको यो घटनाले कानुनी कारबाहीको माग बढाएको छ। अब दोषीहरू पक्राउ पर्छन् कि फरार रहन्छन्? यसबारे थप अनुसन्धान हुँदैछ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link