Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

कास्की समाज जापानद्वारा चिबा स्थित साकुरा चुछुमी पार्कमा भव्य BBQ तथा मेलमिलाप कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

चिबा, जापान ,जेठ ५ गते। कास्की समाज जापानको आयोजनामा चिबा स्थित साकुरा चुछुमी पार्कमा एक भव्य BBQ तथा सांस्कृतिक मेलमिलाप कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विगतका वर्षहरूझैं बार्षिक रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम यसपटक अझ फरक, समावेशी र उद्देश्यपूर्ण रूपमा सम्पन्न गरिएको थियो।

बार्बिक्यू मात्र नभई यस कार्यक्रमले कास्केलीहरूबीचको आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक पहिचानलाई उजागर गर्ने माध्यम बनेको थियो। मौसममा केही खराबी भए तापनि सहभागिता उल्लेखनीय रह्यो। कार्यक्रम संयोजक सुन्दर रोमन बरालले मौसमका कारण सोचेजस्तै रूपमै कार्यक्रम विस्तार गर्न नसकिएको उल्लेख गर्दै आगामी वर्षहरूमा सबै पक्षलाई ध्यानमा राख्दै अझ प्रभावकारी कार्यक्रम गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सभापतित्व अध्यक्ष कमल बास्तोलाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष मनोज तिवारीले राख्नुभएको थियो। प्रमुख अतिथिका रूपमा थकाली समाज जापानका अध्यक्ष तथा कास्की समाजका सल्लाहकार बुद्धि गौचन, विशेष अतिथिमा NRNA जापानका अध्यक्ष नविन न्यौरे, स्याङ्जा समाज जापानका अध्यक्ष बेद बास्की, संस्थापक अध्यक्ष जीवन न्यौपाने, पूर्व अध्यक्षहरू विकास श्रेष्ठ, बिष्णु सुवेदी, सन्देश अधिकारी, प्रमुख संरक्षक अञ्जु भण्डारी, बाग्लुङ समाज जापानका महासचिव सचिन आचार्य, तमुधीं जापानकी अध्यक्ष हिमाली गुरुङ, घान्द्रुक समाज जापानका अध्यक्ष युक्तमान गुरुङ, गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङ लगायत जापानभरिका नेपाली संघ–संस्थाबाट विशिष्ट उपस्थिति रहेको थियो।

NRNA जापान, स्याङ्जा समाज जापान, बाग्लुङ समाज जापान, घान्द्रुक समाज जापान, थकाली समाज जापान, तमुधीं जापान, जनजाति महासंघ जापान, दुधपोखरी समाज जापान लगायत दर्जनौं संघसंस्थाहरूको समावेशी सहभागिता कार्यक्रमको आकर्षण बन्यो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सरोज कार्कीले “अब कास्की भित्र रहेका सबै संघसंस्थाहरू एउटै छातामुनि रही समृद्ध कास्की बनाउने अभियानमा लाग्नुपर्ने” धारणा राख्नुभयो।

कार्यक्रम सञ्चालन गर्दै महासचिव जीवन पोखरेल ‘कञ्चनले “यस्ता कार्यक्रमहरूले नेपालीहरूबीचको सहकार्य, एकता र संस्कृतिको प्रवर्द्धन गर्ने आधार बनाउँछन्” भन्दै आगामी दिनमा सुधारसहित अझ सशक्त कार्यक्रम गरिने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले “कास्की र पोखराको उचाइलाई अझ उचो बनाउन सम्पूर्ण कास्केलीहरू एकजुट हुन आवश्यक रहेको” प्रष्ट पार्नुभयो।

समापन मन्तव्यमा अध्यक्ष कमल बास्तोलाले उपस्थित सम्पूर्ण अतिथि, संघ–संस्था, स्वयंसेवक र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले प्रवासी भूमिमा हाम्रो कला, संस्कृति र एकताको उजागर गर्ने माध्यम बन्ने धारणा व्यक्त गर्नुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link