Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्ड नेतृत्वको लोकमार्ग जनजागरण अभियान जेठ ९ गते कास्की प्रवेश गर्दै

loading views..
Nepal Telcome

पोखरा, जेठ ७ गते। मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यही जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको टोलीलाई कास्कीको नया पुलमा भव्य स्वागतको तयारी गरिएको छ।

नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीका अनुसार स्वागतलगत्तै अध्यक्ष प्रचण्डले ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गर्नेछन्। प्रधानमन्त्री हुँदाकै समयमा बजेट विनियोजनमार्फत निर्माण थालिएको उक्त शिक्षालय प्रचण्डकै जन्मथलोमा निर्माण भइरहेको हो। अनुगमनपछि उनी पोखरामा बास बस्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए।

अभियानको सिलसिलामा जेठ १० गते पोखराको चिप्लेढुंगामा आयोजना हुने जनसभालाई भव्य बनाउन तयारी तीव्र पारिएको छ। अधिकारीका अनुसार उक्त दिन पोखराको पृथ्वीचोक र सिर्जनाचोकबाट र्‍याली निकालिनेछ, जसले सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगामा पुगेर जनसभामा परिणत हुनेछ। त्यसअघि प्रचण्डलाई बिहान मर्निङ वाल्क गराउने तयारी पनि गरिएको छ, यद्यपि रुट निर्धारण भइसकेको छैन।

कास्की संयोजक विश्वप्रकाश लामिछानेका अनुसार जनसभालाई बृहद बनाउने उद्देश्यले वाईसिएल, विद्यार्थी, महिला, मजदुर लगायतका संगठनहरू सक्रिय रुपमा लागिपरेका छन्।

बैतडीको पाटनबाट सुरु भएको अभियानले डडेलधुरा, दिपायल, अछाम, दैलेख, कर्णाली प्रदेशको रुकुम पश्चिम, चौरजहारी, मुसिकोट जस्ता ठाउँहरूमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरिसकेको छ। अब रुकुम पूर्वको रुकुमकोट र थबाङमा जेठ ८ गते जनसंवाद तथा जनसभा हुनेछ भने त्यसै दिन बागलुङको ताराखोला आइपुग्ने र जेठ ९ गते बिहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा कार्यक्रम आयोजना हुने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले जानकारी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link