Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

शिक्षा क्षेत्रमा अनुकरणीय योगदान दिएको बारपाक सुलिकोट गाउँपालिका सम्मानित, अध्यक्ष विष्णु भट्टको नेतृत्वको उच्च मूल्याङ्कन

loading views..
Nepal Telcome

पोखरा, जेठ २३ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा ऐन चाँडै ल्याइने बताएका छन्। शुक्रबार पोखरामा सुरू भएको प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मन्त्री पन्तले शिक्षा विधेयकमाथि अन्तिम छलफल चलिरहेको उल्लेख गर्दै साउनभित्र ऐन लागू गर्ने तयारी भइरहेको जानकारी दिए।

सम्मेलनमा सहभागी वक्ताहरूले शिक्षकको भूमिका, प्रविधिको समावेश, बजेटको अभाव, नीति सुधार र सहकार्यका पक्षमा जोड दिए। मन्त्री पन्तले शिक्षक महासङ्घसँग सहकार्यमा शिक्षा विधेयक पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षकलाई प्रविधिमैत्री बन्न र गुणस्तरीय शिक्षण सिकाइमा जोड दिन आग्रह गरे।

यसैबीच, गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका लागि ‘उत्कृष्ट गाउँपालिका’ अवार्डबाट सम्मानित भएको छ। पानको दोस्रो सम्मेलनमा गण्डकी प्रदेशतर्फबाट बारपाक सुलिकोटलाई यो सम्मान दिइएको हो। गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको नेतृत्वमा पछिल्लो केही वर्षयता स्थानीय तहको शैक्षिक सुधार, समावेशी नीति, विद्यालयस्तरमा गुणस्तरीय सुधार र शिक्षक-विद्यार्थी-अभिभावकको सक्रिय साझेदारीमार्फत नमुना काम गरिएको बताइएको छ।

अध्यक्ष भट्टले पोखरा प्रेससँग भन्नुभयो , “हामीले शिक्षालाई दीगो विकासको मूल आधार मानेका छौँ। गाउँपालिकाको बजेट, नीति र कार्यक्रम शिक्षामै केन्द्रित रहँदै आएको छ। यो सम्मान बारपाक सुलिकोटबासीको साझा प्रयासको परिणाम हो।” उनले शिक्षा प्रणालीलाई प्रविधियुक्त बनाउने, शिक्षक समायोजनमार्फत कार्यक्षमता बढाउने र गाउँमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने योजना अघि सारेका छन्।

सम्मेलनमा शिक्षामा योगदान दिने सातै प्रदेशका विद्यालय, शिक्षक, प्रधानाध्यापक तथा पालिकालाई पनि सम्मान गरिएको छ। सम्मेलनमा १ हजारभन्दा बढी शिक्षाविद्, नीति निर्माता, प्रधानाध्यापक, स्थानीय सरकार प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

शिक्षा तर्फ उत्कृष्ट योगदानको कदरस्वरूप बारपाक सुलिकोटको नाम गण्डकी प्रदेशका लागि उदाहरणीय बनेको छ। विष्णु भट्टको नेतृत्वले गाउँपालिकालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय बनाउँदै शिक्षा क्षेत्रको समग्र सुधारमा ठोस कदम चालेको सम्मेलनमा सहभागीहरूद्वारा समेत खुलेर प्रशंसा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link