Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलायो

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपा प्रचण्ड-माधव नेपाल समूहले बैठक बोलाएको हो।

प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएका छन्। बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ।

बुधबार अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्ड–माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ। सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link