Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

जसपाले सरकार बनाउन प्रचण्ड माधव समूहलाई साथ दिने

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेतासँग सत्ता समीकरणबारे छलफल गरेका छन् ।

जसपा शीर्ष नेतालाई प्रचण्ड र माधव नेपालले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बोलाएर भेटेका हुन् । प्रतिनिधिसभा पुर्नस्थापनासँगै प्रचण्ड–नेपाल केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ प्रधानमन्त्रीको खोजीमा छन् । यसअघि बुधबार प्रचण्ड–नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

प्रचण्ड र माधव नेपाल भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए । श्रोतका अनुसार प्रचण्ड र नेपालले ओलीको प्रतिगमन पराजित भएकाले सरकारमा सहकार्यको प्रस्थताव राखेका छन् । जसपा नेताहरुले प्रचण्ड–नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link