Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

आईटीबीपीका जवान बोकेको बस सिन्ध नदीमा खस्यो, खोज तथा उद्धार कार्य जारी

loading views..
Nepal Telcome

जम्मू-कश्मीर,१४ साउन। भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) का जवानहरू बोकेको बस बुधवार बिहान जम्मू-कश्मीरको गांदरबल जिल्लाको कुल्लान क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। भारी वर्षासँगै चिप्लो सडकका कारण बस सिन्ध नदीमा खसेको बताइएको छ।

प्राप्त जानकारी अनुसार घटनाको समयमा जिल्लाको कुल्लान क्षेत्रमा भारी वर्षा भइरहेको थियो। यही कारण बस नियन्त्रण गुमाउँदै नदीमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। बसमा कति जना सवार थिए भन्ने स्पष्ट नभए पनि सबैजना आईटीबीपीका जवान रहेको अधिकारीहरूले जनाएका छन्।

दुर्घटनापछि तुरुन्तै राष्ट्रिय तथा स्थानिय सुरक्षा निकाय र उद्धार टोली घटनास्थलमा खटिएको छ। सिन्ध नदीको बहाव तीव्र भएकाले उद्धारमा कठिनाइ भइरेको भए पनि लापता जवानहरूको खोजीका लागि व्यापक अभियान सञ्चालन भइरहेको छ।

जिल्ला प्रशासनका अनुसार घटनास्थलमा गोताखोरसहितको टोली परिचालित गरिएको छ। अहिले सम्म कुनै पनि जवानको अवस्थाबारे ठोस जानकारी सार्वजनिक गरिएको छैन।

यस दुःखद घटनाले सुरक्षाकर्मीहरूको सुरक्षासम्बन्धी पूर्वतयारी र प्राकृतिक प्रकोपका बेला सुरक्षाकर्मी ओसारपसारमा अपनाइनुपर्ने मापदण्डबारे प्रश्न उठाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link