Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

तेह्रथुममा बस दुर्घटना, १४ जना घाइते

loading views..
Nepal Telcome

पोखरा, १७ साउन। सङ्खुवासभाबाट दमक जाँदै गरेको बस तेह्रथुमको देउराली घुम्तीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस करिब १० मिटर तल खस्दा एकजना गम्भीर र अन्य सामान्य घाइते भएका हुन्।

दुर्घटनामा धर्मदेवीका सविन विष्ट, भवानी कार्की, असीमित भारतीलगायत घाइते भएका छन्। गम्भीर घाइते सविन विष्टलाई धरान पठाइएको छ भने अन्यको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि चालक खेम महत फरार रहेको प्रहरीले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link