Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेपाल कम्युनिष्ट पार्टीसॅंग सरकारले वार्ता गर्ने

loading views..
Nepal Telcome

काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न वार्ता टोली गठन गर्नेभएको छ। सरकारले विप्लव नेतृत्वको पार्टीसँग वार्ताका लागि आजै वार्ता टोली गठन गर्न लागेको हो।

दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जनाएको छ। आजै केहीबेरमा सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्ने बताइएको छ।

विप्लव नेतृत्वको पार्टीले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ। विप्लव नेतृत्वको पार्टीका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गरिने बताएका छन्। यसअघि प्रधानमन्त्री केपी ओली विप्लवसँग छिट्टै वार्ता हुने बताएका थिए।

गृहजिल्ला झापामा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘तपाईँ त्यो खबर छिट्टै घर बसीबसी सञ्चारमाध्यममा देख्नुहुनेछ।’ शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिटै वार्ताद्वारा समाधान गरिने उनले भनेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link