Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

काठमाडौंबाट गोरखा जाँदै गरेको बस दुर्घटना : २१ जना घाइते, केहीको अवस्था गम्भीर

loading views..

गोरखा, १७ भाद्र। काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ  जाँदै गरेको एक रात्रि बस मंगलबार बिहान गोरखाको भीमसेन थापा गाउँपालिका–३ मा दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्।

गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश–०१–००६ ख ४१३१ नम्बरको बस बिहान करिब पौने ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घाइतेमध्ये ३–४ जनाको अवस्था गम्भीर छ भने अन्यको सामान्य रहेको छ। घाइते यात्रुलाई स्थानीयबासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

प्रतक्ष्य दर्शीका अनुसार बस सिधै खस्ने सम्भावना रहेपनि रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। यात्रुहरूले यसलाई “भाग्यले साथ दिएको भनेका छन् ” भनेका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्