Skip to content
Pokharapress Logo
११ जेष्ठ २०८३, सोमबार

माओवादीको जनजागरण अभियान स्थगित, प्रचण्डले सरकारलाई जेन–जी आन्दोलन सम्बोधन गर्न आग्रह

आन्दोलनकारी पक्षमा प्रचण्ड

loading views..
Nepal Telcome

काठमाडौं, २३ भाद्र। नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गर्दै आएको मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ। गोरखा आरुघाटमा बसेको पदाधिकारी बैठकले जेन–जी आन्दोलन तीव्र बन्दै गएपछि तत्कालका लागि अभियान रोकी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूलाई काठमाडौं फर्काउने निर्णय गरेको हो।

अभियान स्थगितसँगै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई सम्बोधन गर्दै जेन–जी पुस्ताले अघि सारेका मागहरू तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ।
“जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्छ र भ्रष्टाचारविरुद्धका मागलाई सरकारले जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्छ। स्थिति थप बिग्रिन नदिन ठोस कदम चालिनुपर्छ।”

पूर्वप्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ।

यसैबीच, काठमाडौंको बानेश्वर क्षेत्रमा जेन–जी प्रदर्शनकारीहरूले संसद् भवन घेराबन्दी गर्दै मुख्य ढोका तोडेका छन्। अर्को ढोकामा आगजनी भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। घटनामा प्रहरीको गोलीबाट ८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं घाइते भएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link