Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

ईश्वर पोखरेलको चुनौती : ‘ओली युग’ अन्त्य गर्ने घोषणा, एमालेभित्र तीव्र ध्रुवीकरण

loading views..
Nepal Telcome

पोखरा।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने अठोट सार्वजनिक गरेसँगै पार्टीभित्र वर्षौंदेखि जमेर बसेको केपी शर्मा ओलीको एकछत्र वर्चस्वमा पहिलोपटक वास्तविक वास्तविक रुपमा चोइटिएको छ।बिहीवार बसेको सचिवालय बैठकमा पोखरेलले दिएको स्पष्ट चुनौतीपछि एमाले नेतृत्व–राजनीति अब निर्णायक मोडमा प्रवेश गरेको छ।

मंसिर २७–२९ मा हुने महाधिवेशनलाई अहिले साधारण विधानसभा होइन, ‘ओली हटाउने’ अभियानको केन्द्र मानिन थालेको छ।

पोखरेलको अठोट : “अध्यक्ष पद अब एक व्यक्तिको जागिर होइन”

बैठकमा पोखरेलले आफू अध्यक्षका लागि लड्ने घोषणा गर्दै पार्टीलाई एक व्यक्तिको इच्छाले सञ्चालन गर्ने पुरानो संस्कार तोड्ने समय आएको बताए।
उनको अठोटलाई धेरैले ओलीलाई महाधिवेशनबाट बडार्ने खुला संकेत

का रूपमा व्याख्या गरिरहेका छन्।यता अध्यक्ष ओलीले पनि “अहिलेको बेला म छोड्दिन” भन्दै स्पष्ट रूपमा पदमा टाँसिने संकेत दिएपछि पार्टीभित्र खुला टकराव औपचारिक सृजित भएको छ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, “प्रतिस्पर्धा खुलेपछि एमालेमा दुई ठूला खेमाहरू छुट्टै लाइनमा उभिने नै भयो।”

‘ओलीको एकछत्र युग’ अन्त्यतिर ? नयाँ खेमाको उदय

लामो समय ओली निकट मानिएका पोखरेलले नै अहिले ओलीको नेतृत्वमाथि प्रत्यक्ष चुनौती दिनु एमालेभित्र लामो समयदेखि उम्लिरहेको असन्तुष्टिको विस्फोट मानिएको छ।

नेकपा विभाजनपछि ओलीले पार्टीलाई करिब–करिब एकलौटी तरिकाले चलाएका थिए।
तर पछिल्ला वर्षमा आन्तरिक असन्तुष्टि, संगठनको कमजोर अवस्था, चुनावी पराजय र कार्यकर्तामा बढ्दो निराशाले ओली नेतृत्वको नैतिक बल धमिलो बनाउँदै आएको थियो।
त्यही कारण पोखरेलको घोषणाले धेरै कार्यकर्तामा “अब विकल्प तयार भयो” भन्ने मनोबल जगाएको देखिन्छ।

महाधिवेशन : ‘ओली वा नयाँ पुस्ता?’ चुनावभन्दा ठूलो लडाइँ

महाधिवेशनमा प्यानल बन्ने वा नबन्ने अन्तिम निर्णय नभए पनि पोखरेलको तयारीले महाधिवेशनलाई ओलीसँगको सीधा शक्ति–संघर्षमा बदलिदिएको छ।
राजनीतिक विश्लेषकहरूको ठम्याइ छ
यदि पोखरेलले बलियो प्यानल बनाएर महाधिवेशनमा उत्रिए, ओलीको दशकौँ लामो वर्चस्वलाई पहिलोपटक वास्तविक खतरा पैदा हुन्छ।

त्यसैले एमालेभित्र अहिलेको माहोल स्पष्ट छ
एकातिर ओलीको जिद्धी नेतृत्व, अर्को तिर पोखरेलको ‘व्यवस्थापनसहितको विकल्प’।
यो युद्धले एमालेको भविष्यमात्र होइन, देशको वाम राजनीतिमै ठूला तरंग ल्याउने पूर्वानुमान गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link