Skip to content
Pokharapress Logo
१८ बैशाख २०८३, शुक्रबार

हेटौँडामा सबेरै डोजर चल्यो

loading views..
Nepal Telcome

हेटौँडा। राष्ट्रिय राजमार्गको केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी–अस्थायी संरचना हटाउन हेटौँडा सडक डिभिजनले शनिबार बिहानैदेखि डोजर परिचालन गर्दै सडक विस्तार सुरु गरेको छ। स्थानीय प्रशासनसहित ५ सय सुरक्षाकर्मी र १० भन्दा बढी डोजर लगाएर अभियान अघि बढाइँदै छ। हालसम्म १५ भन्दा बढी घर–पसल भत्काइसकिएका छन्।

डिभिजनले मंसिर ५ गते १५ दिने अल्टिमेटम जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मका अतिक्रमण हटाउन चेतावनी दिएको थियो। म्याद सकिएपछि काम तीव्र बनेको हो।

क्षतिपूर्ति र पुनर्वासको माग गर्दै घरधनी–व्यवसायी आन्दोलनरत रहँदै आएका छन्। यता पूर्वसांसद बिन्दबासिनी कंसाकारको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरी मंसिर २६ गते छलफल बोलाएको छ।
तर सडक डिभिजनले योजना अनुसारको सडक विस्तार निरन्तर अघि बढ्ने जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link