Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई दृढ बनाउँछः नेता रावल

loading views..
Nepal Telcome

बैतडी।  नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन् ।

गोठालापानीमा आज जिल्लास्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् । “देशमा सुशासन, राजनीतिक स्थायित्व र विकासको बाटोमा अघि बढाएर जनताको अधिकार बलियो बनाउन नेपाली कम्युनिष्ट पार्टी जनताका माझमा आएको छ”, नेता रावलले भन्नुभयो, “संविधानमा भएका कमजोरीलाई सुधार गरेर सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन हामी तयार छौँ ।”

जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारको कमजोरीका कारण देश खरानीमा परिणत भएको उहाँको आरोप छ । देशको स्वाधीनताको रक्षा गर्न ओली नेतृत्वको सरकार कमजोर भएको रावलले बताउनुभयो । रासस

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link