Skip to content
Pokharapress Logo
१७ बैशाख २०८३, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज

loading views..
Nepal Telcome

पोखरा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि त्यहाँ भागदौड मच्चिएको जनाइएको छ। घटनापछि उनलाई तत्काल सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार कार्यक्रममा गोली चलेको पुष्टि एक मन्त्रीले गरेका छन्। यद्यपि घटनामा कोही घाइते भएको वा नभएकोबारे स्पष्ट विवरण अझै सार्वजनिक भएको छैन।
घटनामा संलग्न आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको बताइएको छ। तर उनको पहिचान र उद्देश्यबारे आधिकारिक जानकारी खुलाइएको छैन।
यस्तै, बीबीसीका अनुसार गोली चलेको आवाज सुनिएलगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कार्यक्रमस्थलबाट तत्काल बाहिर निकालेका थिए। सो क्रममा कार्यक्रममा सहभागी केही व्यक्तिहरू भुइँमा लडेको तथा कुर्सीहरू छरपस्ट भएको दृश्य देखिएको थियो।
सुरक्षाकर्मीहरू तीव्र रूपमा सक्रिय हुँदै भीड नियन्त्रण गर्दै राष्ट्रपति सुरक्षा घेरालाई सुरक्षित बनाउने प्रयासमा जुटेका थिए।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
एजेन्सीको सहयोगमा

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link