Skip to content
Pokharapress Logo
१६ बैशाख २०८३, बुधबार

इरान युद्धले अमेरिका–युरोप सम्बन्धमा भूकम्प: बिघटनको संघारमा नेटो गठबन्धन

loading views..
Nepal Telcome

काठमाडौं।इरानमाथिको सैन्य कारबाहीलाई लिएर अमेरिका र युरोपबीचको दशकौँ पुरानो गठबन्धन अहिले गम्भीर संकटमा पुगेको छ। युरोपका विभिन्न देशहरूमा फैलिएका ४० भन्दा बढी अमेरिकी सैन्य अखडाहरू र करिब ८५ हजार सैनिकको उपस्थितिमाथि नै प्रश्न उठ्न थालेपछि सम्बन्ध चिसिँदै गएको छ।

अमेरिकाले इरानमा आक्रमणका लागि समर्थन माग्दा युरोपेली देशहरूले हिच्किचाहट देखाए कतिपयले त अस्वीकार नै गरे। यसले अमेरिकी नेतृत्व, विशेषगरी डोनाल्ड ट्रम्पलाई क्रुद्ध बनायो। उनले युरोपलाई ‘कागजी बाघ’ भन्दै आक्रामक टिप्पणी गरे भने वासिङ्टनले युरोपमाथि ‘सजाय’को विकल्प समेत सोच्न थालेको चर्चा छ।

उता, युरोपेली नेताहरू पनि कम आक्रोशित छैनन्। उनीहरूले अमेरिकाले सल्लाहबिना ‘अवैधानिक युद्ध’ थालेको आरोप लगाएका छन्। सर्वेक्षणहरूले देखाएको छ;स्पेन, फ्रान्स, जर्मनीजस्ता देशहरूमा अमेरिकालाई अब ‘सहयोगी’ भन्दा ‘खतरा’को रूपमा हेर्नेहरूको संख्या बढ्दो छ।

यो तनाव केवल शब्दमै सीमित छैन। अमेरिकाले पहिले नै युरोपेली वस्तुहरूमा भन्सार लगाएको, ग्रिनल्यान्डमाथि धम्की दिएको र अहिले इरान युद्धमा एकल निर्णय लिएको घटनाले विश्वासको आधार कमजोर बनाएको छ।

तर, सम्बन्ध टुट्नु दुबैका लागि जोखिमपूर्ण देखिन्छ। युरोप अझै पनि रक्षा, गुप्तचर र सैन्य क्षमतामा अमेरिकामाथि निर्भर छ, विशेषगरी रुससँगको सम्भावित खतरा कायम रहेका बेला। अर्कोतर्फ, अमेरिकालाई पनि मध्यपूर्व र अन्य क्षेत्रमा शक्ति प्रदर्शन गर्न युरोपेली आधारहरू अपरिहार्य छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link