माधव समूहमाथि खड्ग ओलीको षडयन्त्रको मिलाइल पड्कदै …!

माधव समूहमाथि खड्ग ओलीको षडयन्त्रको मिलाइल पड्कदै …!

  • आइतबार, चैत्र ८ २०७७

पोखरा। एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपालको राजनीतिक जीवन सिध्याउने योजनाबनाएका छन् उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मिलेर नेकपा एउटै रहेका बेला  आफनो राजनीति सक्ने गरी साधारणसदस्य समेत नरहने गरी गरेको कारवाहीलाई लिएर रिसिइवी साध्ने योजना बनाउदै  नेपालको राजनीति सिध्याउने तयारी थालेकाहुन्

नेपाल खेमाभित्रका नेताहरुभित्र खेल्ने, उनलाई उनी पक्षकै सांसद तथा नेताहरुले साथ छोडने बनाउने, उनलाई स्पष्टिकरण हुदै अन्यकारवाहीको प्रक्रिया थाल्ने नेपाल समुहमै रहेका नेताहरुका वीचमा अन्तरविरोध सिर्जना गर्ने माधव नेपाललाई एक्लाउदै उनकोराजनीतिक जीवन सक्ने योजना अहिले ओलीले बनाएका छन्

यसका लागि ओलीले आफु निकटका विश्वासप्राप्त नेताहरुलाई माधव नेपाल समुहमा रहेका नेताहरुलाई एक एक गरी भेटने, माधवनेपाल समुहको साथ छोडन लगाउने, आफनो भक्तिगानमा उतार्ने कमजोर बनाउने पहिलो रणनीति बनाएका छन्

त्यसैक्रममा नेपाललाई लामो समय देखि साथ दिदै आएका चितवन का सांसद समेत रहेका जिल्ला अध्यक्ष पनि भएका कृष्णभक्त पोखरेललाई अहिले आफनो समुहमा भित्राएका छन्

नेपाल खनाल पक्षले वहिष्कार गरिरहेको संसदीय दल केन्द्रीय समितिको वैठकमा उनी शनिवार सहभागी थिए त्यहाँ उनलेसम्वोधन पनि गरे माधव नेपालले पार्टी विभाजन तर्फ लगेकोले अहिले ओलीलाई साथ दिन भनेर आफु आएको पोखरेललेसंसदीय दल केन्द्रीय समितिको वैठकमा मन्तब्य दिएका छन्

यसैगरी, नेपाललाई साथ दिएका लालवावु पण्डितलाई पनि ओली समुहले यस अगाडी नै आफनो समुहभित्र भित्राईसकेको अहिले अन्य नेताहरुलाई पनि एक्लाएक्लै भेट्ने,अब नेपालको राजनीतिक भविश्य नरहेको भन्दै उनी पक्षका नेतालाई ओली पक्षकानेताहरुले फकाउने, ओलीसँग भेटाउने नेपाललाई छोडन लगाएर ओलीको गुणगान गराउन लगाउको गरी छलफल तिव्र बनाएकाछन्

ब्यक्तिका केही समस्या भए आफुले सुनुवाई गर्ने तर पार्टीभित्र अब समुहगत रुपमा कसैको पनि केही कुराको टेरपुच्छर नलगाउने भन्दै्उनले ब्यक्तिगत रुपमा माधव नेपाल समुहका नेताहरुसँगको सम्वादलाई बाक्लो बनाएका छन् नेपाल समुहमा रहेका नेता चोर्ने आफनो भक्त बनाउने योजनामा यतिवेला ओली कम्मर कसेर जुटेका छन्

त्यसो ओलीले नेपाल समुहभित्रै अन्तरविरोध पनि सिर्जना गराउने कोसिस थालेका छन् उनले हिजोको संसदीय दल केन्द्रीयसमितिको वैठकबाट नेपाल सहित सुरेन्द्र पाण्डे, भीम रावल घनश्याम भुषाललाई मात्र स्पष्टिकरण सोध्ने निर्णय लिएको आफुले राष्ट्रिय कार्यकर्ता भेला जस्तो गुटगत काम नगर्न दिएको निर्देशन अटेर गरी पार्टी हित विपरितका गतिविधि गरेको आरोपमाकेन्द्रीय समितिको वैठकबाट नेपाल, रावल, पाण्डे भुषाललाई स्पष्टिकरण सोक्ने निर्णय ओलीले लिएका हुन्

नेपाल समुहमै रहेका रामकुमारी झाक्री अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टिकरण सोध्ने विषयमा ओली पक्षका नेताहरुले वैठकमाकुरा उठाएपनि ओलीले उनीहरुलाई अहिले नै स्पष्टिकरण सोध्ने हाइट नभएको भन्दै नेपाल समुहभित्रै खेल्ने रणनीति बनाएका छन् भेलाको अर्काे मुख्य जिम्मेवार नेता झलनाथ खनाललाई पनि ओली ले स्पष्टिकरण सोध्ने निर्णय लिएका छैनन नेपाललाईएक्लाउादै खनाललाई पनि आफुसँगै भित्राउने योजनामा ओली अहिले देखिएका छन्

एकैपटक दुवै वरिष्ठ नेतालाई स्पष्टिकरण सोध्ने भन्दा त्यहाभित्र नै एउटालाई सोध्ने अर्काेलाई नसोधी आफना मान्छे पठाएरछलफल गराउने शंका, आशंका जन्माईदिएर गुटभित्रै अन्तरविरोध चर्काईदिने रणनीतिमा ओली लागेका छन् त्यही क्रममाकारवाहीको प्रक्रियामा लैजान पनि  नेपाललाई साथ दिईरहेका नेतालाई मात्र सोध्ने रणनीति ओलीले लिएका हुन्

खनाललाई अष्टलक्ष्मीलाई सोही कारण उनले स्पष्टिकरण सोध्ने निर्णय नलिएको ओली पक्षका एक नेताले सफलखबरलाईबताएका छन् पार्टीभित्र ओलीको विरोध गर्ने नेताहरु कोही पनि टिक्न नसक्ने बनाउन, पार्टीका सबै नेता तथा सांसदहरु आफुप्रतिनै बफादार रहिरहने बनाउन ओलीले संसदीय दलको विद्यान संसोधन गराउादै केन्द्रीय समितिबाट आफुलाई थप अधिकारप्रत्यायोजन गरेर शक्तिशाली समेत बनाएका छन्

उनले आफुले बिधान को ब्यवस्था विपरित मनोनयन गरेका पूर्व माओवादी धारका नेताहरुसमेतलाई सहभागी गराएर सय ६४सदस्यीय केन्द्रीय समिति बनाएका छन् त्यसैलाई आफु महासचिव इश्वर पोखरेलको पद यथावत राखेर अन्यलाई महाधिवशेनआयोजक समितिमा रुपान्तरण गरेका छन् अर्थात अन्य पदाधिकारी सबैको पद उनले खोसेका छन् पदाधिकारीमा नेपाल खनालसमुह वहुमतमा रहेको थियो आफु अल्पमतमा पर्ने सबै कमिटीलाई उनले भंग गरेर राष्ट्रिय महाधिवशेन आयोजक समिति बनाएरचलाखी अपनाएका छन्

नेपाल पक्षका नेतालाई जिम्मेवारी खोसेर उनले आफनो विश्वासप्राप्तलाई मात्र जिम्मेवारी दिएर पार्टीका एकाधिकार कायम राखेकाछन् संसदीय दलको नेताले दल, पार्टी देशविरुद्ध कुनै गतिविधि गरेमा दल नेतालाई नै स्पष्टिकरण सोध्न सक्ने सहितकोअधिकार बिधान संसोधन गरी तय गरिएको अहिले एमालेमा दल नेता ओली नै छन् तत्काल संघीय तथा प्रदेश सभाकासमानुपातिक सांसदलाई वन्दसूचिमा रहेको नाम हटाउने, हेरफेर गर्ने, जस्ता सबै अधिकार पनि ओलीले पाएका छन्

अब खनाल नेपाल समुहले फलोर क्रस गर्न सक्ने अवस्थालाई उनले निमिट्यिान्न पार्ने गरी पहिले नै शंका लागेका ब्यक्तिलाईकारवाहीको निसाना बनाउन सक्ने अधिकार लिएका छन्  

पार्टीको केन्द्रीय कमिटि, मातहातका कमिटिका सदस्यहरुको मनोनयन, कारवाही  तथा विदाइको अधिकार समेत ओलीले आफ्नैपोल्टामा लिएका छन् त्यसपछि नै उनले नेपाल, रावल, पाण्डे भुषालमाथी स्पष्टिकरण सोध्ने निर्णय गरेका हुन् यसले ओलीनेपाललाई एक्लाएर सक्ने योजनामा देखिएका छन् सफलखबरबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.