Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

प्रचण्डको चाकडी गरेर कुर्सी प्राप्त गरेका हुन खड्ग ओलीले: माधवकुमार नेपाल

loading views..
Nepal Telcome

पोखरा।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो स्वार्थ पूरा भएपछि खड्ग ओलीले प्रचण्डलाई लात्ताले हानेर फालेको आरोप लगाएका छन्। काठमाडौं जिल्लाको समानान्तर कमिटी गठन भेलामा नेपालले हिजो प्रधानमन्त्रीको कुर्सीमा पुग्न ओलीले प्रचण्डको चाकरी गरेको आरोप लगाए।

उनले भने, ‘के हिजो प्रचण्डको कार्यकर्ता थिए ओली ? आफू पदमा पुग्न चाकरी गरेको होइन ? स्वार्थ पूरा भएपछि प्रचण्डलाई लात्तीको किक हानेर फाल्ने व्यक्तिलाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त भएका छौं।’ २०७३ सालमा पनि प्रचण्डलाई धोखा दिएर प्रधानमन्त्री बन्न नदिएपछि एमाले सरकारबाटै बाहिर जानुपरेको नेपालले बताए। केपी ओलीले पार्टीलाई थाहै नदिई संसद भंग गरेको आरोप समेत लगाए।

नेता नेपालले ओलीले आफूलाई गत प्रतिनिधि सभाको निर्वाचनमा हराउन खोजेको आरोप लगाए। उनले उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीले नै हराएको बताए। ‘काठमाडौँको २ नम्बर क्षेत्रमा उम्मेदवार हुँदाखेरी केपी ओलीका मान्छेले मलाई चुनाव हराउन खोजेका थिए। मलाई हराउनका लागि मेरो सामुन्ने नै प्रयत्न गरेका थिए। आफ्नो पक्षको उम्मेदवारका पक्षमा पर्चा बाढ्दै र भोटमाग्दै हिँडेका थिए। माधव नेपालको त नामैले, अनुहारले नै भोट आइहाल्छ नि किन बाड्नु पर्यो पर्चा, किन माग्नु पर्यो भोट भन्थे,’ नेपालले भने।

उनले वामदेव गौतम पनि पार्टीभित्रकै अन्तविरोधका कारण चुनाव हारेको र ओली पक्षले नै हराएको दावी गरे। ‘वामदेव गौतम त्यही कारणले हार्नुभएको हो, हराइएको हो थाहा छ तपाईंहरुलाई,’ नेपालले भने, ‘विभिन्न व्यक्तिहरुलाई विभिन्न ठाउँमा हराउनका लागि उहाँले भूमिका खेल्नुभयो। त्यसमध्ये पनि सबैभन्दा पहिला जो प्रधानमन्त्रीको प्रत्यासी हुन्छ त्यसको पत्तासाफ गरिदिने योजनामा उतिबेलैदेखि लाग्नुभएको थियो।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link