Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

बिरामीले भरिए अस्पताल, विकल्प के सोच्दैछ सरकार ?

loading views..
Nepal Telcome

 

पोखरा।कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ।तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन्।

अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग उपचारात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए।

हाल स्टक रहेको अक्सिजनले दुई महिनामात्रै धान्ने अवस्था छ भने संक्रमणदर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सिजन उत्पादक कम्पनीसँग छलफल गरेका छन्। कम्पनीले सरकारको लक्ष्यअनुसार अक्सिजन उत्पादन गर्न सक्ने जानकारी गराएका छन्।

पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा.बुढाथोकीले बताए। व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौता भएको छ।

सरकारले ३ सय नर्स, २ सय चिकित्सक र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि भर्चुअल तालिम दिइरहेको छ। यस्तै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

हाल उपत्यकाका कोभिड अस्पतालमा सरकारले घोषणा गरेअनुसार ५० प्रतिशत बेड कोभिडको उपचारका लागि मात्र प्रयोग भइनसकेको र सामान्य लक्षण भएका बिरामीलाई पनि अस्पताल भर्ना गरेका कारण बेड अभाव देखिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए। नागरिकमा खबर छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link