Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

शंकर पोखरेलको सपना उडायो हुरीले

loading views..
Nepal Telcome

 

पोखरा।उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वली (खत्री) ले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेकी छन्।
माओवादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दाना शर्माले वलीले माओवादी केन्द्र रोजेको दाबी गरिन्।

‘उहाँले दल रोज्न सक्नुहुन्थ्यो। त्यहीअनुसार माओवादी केन्द्र रोज्नुभएको छ। यो कुराले हामीलाई खुसी लागेको छ,’ शर्माले  भनिन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले  दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो।

२०७६ मंसिरमा भएको चुनावमा वलीले दाङ ३ (ख)बाट चुनाव जितेकी थिइन्। उक्त क्षेत्रमा सांसद रहेका उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको थियो। उत्तरकुमार नेकपा एमालेका उम्मेदवार थिए।

वलीले माओवादी केन्द्र रोजेसँगै आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको योजनाअनुसार उनी एक दलको बहुमतका आधारमा मुख्यमन्त्री बन्ने सम्भावना टरेको छ।

६ जना सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेश सभामा ८१ जना सदस्य छन्।  तीमध्ये ४१ जना एमालेका सांसद भएकाले मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउने बताएका थिए।

वलीले माओवादी रोजेसँगै प्रदेश सभामा अब पोखरेलको बहुमत पुग्दैन।   सेतोपाटीबाट

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link