Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

भारतीयको सबैभन्दा प्यारा खड्ग ओली

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको रोजाइको नेता भएको बताएका छन्। नेपालमा नयाँ सत्ता समीकरणका लागि व्यापक कसरत भइरहेका बेला उनले सो टिप्पणी गरेका हुन्।

‘मेरो जानकारीमा भएअनुसार, नेपालमा भारतको रोजाइमा ओली नै थिए। यदि प्रचण्ड प्रधानमन्त्री भए भने चाहिँ चीनको जित हुनेछ,’ उनले मंगलबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। तर प्रचण्ड भने अहिले प्रधानमन्त्री बन्ने दौडमा देखिएका छैनन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने गठबन्धनलाई सहयोग गरिरहेका छन्।

संसदमा भएको मतदानमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। उनी पनि आफै बहुमत जुटाएर फेरि प्रधानमन्त्री बन्ने वा अरुको पनि बहुमत जुट्न नसकेको अवस्थामा सबैभन्दा ठूलो दलको रुपमा सरकारको नेतृत्व गर्ने प्रयासमा छन्।

भारतको राज्य सभामा सांसद रहेका स्वामी यसअघि केन्द्रीय सरकारमा मन्त्री थिए। उनी वीजेपीको विदेशी मामिला हेर्ने एक नेता हुन्।नेपालमा सत्ता समीकरण हुँदा भारतले देखाउने चासो र सक्रियता सँधै चर्चामा हुने गर्छ। नेपालमा नयाँ सरकार गठनका लागि बिभिन्न पक्षले आआफ्ना प्रयास जारी राखिरहेका बेला आएको स्वामीको टिप्पणीले भारतीय नेताहरुको चासोको संकेत गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link