Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नबनियुक्त प्रधानमन्त्री देउवाले आजै बिश्वाशको मत लिने!

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे संसद् सचिवालयमा जानकारी गइसकेको बताइएको छ।

नेपाली कांग्रेसको कार्य व्यवस्था समितिको बैठकबाट प्रस्ताव लगेसँगै देउवाले विश्वासको मत लिनेछन्। कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले कार्य व्यवस्था समितिको बैठकमा विश्वासको मतका लागि प्रस्ताव गरिसकेका छन्।

आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

यस्तो छ अंक गणित

प्रधानमन्त्री देउवालाई विद्यामन संसद संख्यामा १३६ मत भए पुग्ने देखिन्छ। हाल २७१ जना सांसद कायम छन्। कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना गरी हाल संसदमा २७१ जना सांसद छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link