Skip to content
Pokharapress Logo
१९ बैशाख २०८३, शनिबार

सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ भर्नु भयो?

loading views..
Nepal Telcome

पोखरा। सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि हिजो साउन २० गते देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशनमा ल्याएको कुल ६० लाख कित्ता सेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३र३ लाख कित्ता गरी ६ लाख कित्ता छुट्टाएको छ । त्यसपछि बाँकी रहेको ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन ।

कम्पनीको उक्त आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिक्तम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link