Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

मुख्यमन्त्री कुलप्रसाद केसीले लिए बिश्वासको मत

loading views..
Nepal Telcome
नदीपुर दुध

 

पोखरा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव गरेका थिए । सो प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री केसीले बहुमतले विश्वासको मत पाएका हुन् ।

प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री केसीले मागेको विश्वासको प्रस्तावको पक्षमा ४२ मत परेको र जुन बहुमत रहेको जानकारी दिएका हुन् ।

उनकाअनुसार बैठकमा उपस्थित ४३ प्रदेशसभा सदस्यमध्ये प्रस्तावको पक्षमा ४२ मत परेको र विपक्षमा शून्य र एक तटस्थमा परेको हो ।

प्रदेश सभाको कूल ८० सदस्यको ४२ मत बहुमत रहेको र उक्त मतसँगै मुख्यमन्त्री केसीले विश्वासको मत प्राप्त गरेको सभामुख मगरले बैठकमा घोषणा गरे ।

मुख्यमन्त्री केसीले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।#न्युजकारखनाबाट 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link