बर्तमान समाज र म ,हामी

बर्तमान समाज र म ,हामी

  • बिहिबार, असोज २१ २०७८

 

म आफू
जहाँ जे गर्दा पनि
आफ्नो मान्छे खोज्छु
आफ्नोमान्छेको आफ्नो मान्छे खोज्छु !

त्यसैले मलाई आज यहाँ सम्म ल्याएको छ
म मेरो क्षमताले नभ्याए पनि कहाँ सम्म भ्याएको छ !

फेरि उही म नातावाद कृपावादको विरोधमा चर्को स्वर गर्छु
राष्ट्र , राष्ट्रियता , आदर्शको अरू कसै भन्दा बढी भण्डाफोर गर्छु
आखिर मैले हामीले के सिकेऔं र घर समाजले के सिकायो ?

वनावटी वन
मान्छेलाई पँगु बनाऊ..
मान्छेलाई थाङ्गनामा सुताइ देऊ..
मान्छेलाई जोक्कर बनाइ देऊ…
मान्छेलाई मुर्ख बनाई देऊ!!!

यसमा जो बढी सिपालु,माहिर छ
त्यो नै आज राजनीतिमा,व्यापारमा,कलामा,
साहित्यमा,संगीतमा,पत्रकारितामा,आदिमा माहिर छ!!!

जुन हामी म आफ्नो परिवार,समाजले गर्दा राम्रो
अर्काले गर्दा नराम्रो
यस्तै हर्कतले सामाजिक संस्कारको
बनमारा झांगिएर
घर,परिवार,समाज,राष्ट्र धरापमा छ
अनेकौं वितण्डाको सरापमा छ!!!

आफु र अरूलाई एउटै मापदण्डमा राखौं
वनावटी,नक्कली ,देखावटी बाट
पन्छिएर प्राणीको महाप्राणी मानवता पसौं!!!

भ्रम र आवरणको पर्दामा लुकिछिपी
कमाउने नाम र दामले
समाजलाई सभ्यताहीन,संस्कारहीन,मानवताहीन बनायौं
बाग्मती , विष्णुमती जानै पर्दैन सँगै बस्ने गनायौं !

दोहोरो मापदण्ड हैन अब
कठोर होला रहुँ एउटै नियम कानुनमा हामी सब !

क्षमतावानलाई आउन दिउ
कठोर इमानदार मेहनतीलाई छाउन दिऊ
सक्कली स्वर आवाजलाई गाउन दिऊ
हेर्दा पनि देख्दा पनि गर्व नै होस्।
हाम्रो सिङ्गो समाज राष्ट्र नक्कल गरि अगाडि होस्!

आफुलाई र अरूलाई एउटै मापदण्डमा राखौं
वनावटी,नक्कली ,देखावटी बाट
पन्छिएर प्राणीको महाप्राणी मानवतामा पसौं !

दोहोरो मापदण्ड हैन अब
कठोर होला रहुँ एउटै नियम कानुनमा हामी सब !

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.