Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

नेपाल टेलिकमले एनसेललाई कागजी डाटामा उछिन्यो।

loading views..
Nepal Telcome

पोखरा।चौथो पुस्ताको नेटवर्क अर्थात् ‘फोरजी’ का ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिनेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार फोरजी ग्राहकमा एनसेलभन्दा झन्डै पाँच लाख धेरै ग्राहकसहित नेपाल टेलिकम पहिलो नम्बरमा पुगेको छ ।

साउनसम्म टेलिकमका ५३ लाख ४० हजार फोरजी ग्राहक रहेकामा भदौमा नौ लाख २७ हजार ६ सय जना ग्राहक थपिएपछि टेलिकमको फोरजी ग्राहक सङ्ख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ ।
यस्तै साउनमा एनसेलका ५५ लाख ११ हजार फोरजी ग्राहक रहेकामा भदौमा दुई लाख ४३ हजार थपिएर ५७ लाख २५ हजार जना पुगेको छ ।

यस्तै प्राधिकरणका अनुसार अहिलेसम्म भ्वाइस सेवाका ग्राहक चार करोड आठ लाख नौ हजार जना पुगेका छन् । नेपालको जनसङ्ख्या तीन करोड दुई लाख जनालाई आधार मान्दा एक सय ३५ प्रतिशत जनसङ्ख्यामा भ्वाइस सेवा पुगेको छ ।

साथै इन्टरनेट सेवाका ग्राहकको सङ्ख्या तीन करोड ३४ लाख ५८ हजार पुगेको छ । यसमध्ये साढे दुई करोडभन्दा धेरै मोबाइल इन्टरनेट सेवाका ग्राहक रहेका छन् भने ७० लाख ७० हजार इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहक रहेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link