Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रचण्डको नयाँ स्वकिय सचिवमा रमेश मल्ल

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर हुने भएको छ ।

हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएको छ ।

महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा थिए । चुनवाङ बैठकले उनलाई औपचारिक रुपमा स्वकीय सचिवको जिम्मेवारी समेत दिएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनी प्रचण्डको सचिवालयमै रहे ।

नयाँ स्वकीय सचिवको रुपमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको चर्चा छ ।

यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरमा केन्द्रित हुन भनिएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने अझै टुंगो लागेको छैन ।
‘सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ,’ माओवादीका एक नेताले भने ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link